PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

​पाल्पामा ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु



रासस

पाल्पा : तानसेन नगरपालिका–१२ सालघारीमा बुधबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन–१२ सालघारीमा खाद्यान्न बोकेको लु ३ त ६५२ नंको ट्रयाक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका–१२ का २८ वर्षीय ट्रयाक्टर चालक विकास सारु (गोरे) को घटनास्थलमै मृत्यु भएको छ। 

शवपरीक्षणका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ। ट्रयाक्टर ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell