PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्यायो रु ९६ करोड



रासस

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ।

सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिवद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले रु ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए।

उनले सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न र निर्देशन दिएका छन्।

सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell