PahiloPost

Jun 15, 2025 | १ असार २०८२

आसन्न स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन



रासस

पोखरा : आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पोखराका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन्।

निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ। पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन्। विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन। स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले बताए।

'निर्वाचन हुने सबै क्याम्पस कमिटीलाई क्रियाशील गरिएको छ,' उनले भने। शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न अन्य विद्यार्थी सङ्गठनसँग छलफल गरिरहेको उनको भनाइ छ।

यस्तै जिल्लाका विभिन्न क्याम्पसमा साङ्गठनिक गतिविधि तीव्र पारेको अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष नारायण बरालले बताए।

जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाँच र नेपाल संस्कृत विश्वविद्यालयको एउटा क्याम्पसमा स्ववियु निर्वाचनको तयारी भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell