PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

खानेपानी गुणस्तर सुधारसम्बन्धी एकचालिस आयोजना सञ्चालन गरिने



रासस

काठमाडौँ : खानेपानी तथा ढल निकास विभागले खानेपानी गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्ने भएको छ।

सबै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ काम गरेको विभागले ३१ जिल्लामा गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्न लागेको हो।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३१ जिल्लामा प्रशोधन केन्द्र स्थापना गरेर खानेपानीको सुधार गर्न लागेको जानकारी दिए। उनले भने, 'शुद्ध खानेपानी सबैलाई खुवाउने उद्देश्यका साथ विभागले खानेपानी गुणस्तर कार्यक्रम सञ्चालन गरेको हो।'

यस्तै विभागले खानेपानी सुरक्षा योजना कार्यक्रम ७५ वटै जिल्लामा सञ्चालन गर्न लागेको छ। विभागले खानेपानी सुरक्षा योजनाअन्तर्गत शुद्ध खानेपानी उपयोग गर्नका लागि समूह बनाएर रेखदेख गर्नेछ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घरघरमा आधारभूत खानेपानी पु¥याउने लक्ष्यअनुसार मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

उनले भने, सबै नेपालीलाई खानेपानी पुर्‍याउने उद्देश्यअनुसार मन्त्रालयले विभिन्न कार्यक्रम ल्याएको छ।' खानेपानी सुरक्षा योजनाअन्तर्गत ४०० आयोजना रहेका छन्। यसका लागि सरकारले रु ४० करोड ५५ लाख बजेट विनियोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell