PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

माछा मार्न जाँदा डुबेर बालकको मृत्यु



रासस

दुनै (डोल्पा) : डोल्पाका एक बालकको ठूलो भेरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा नर्क३ निवासी ९ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
 
शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको स्थानीयवासी पुष्पराज शाहीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell