PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

प्रहरी र व्यवसायी हत्यामा संलग्न राना पक्राउ



रासस

भीमदत्तनगर : प्रहरी सहायक निरीक्षक र भारतीय मूलका नागरिकलाई हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

२०६६ मा भारतीय मूलका व्यापारी विशाल जैन तथा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई हत्या गरी फरार रहेका कञ्चनपुरको बेलौरीका धनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मोस्टवान्टेड सूचीमा रहेका रानालाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोले कञ्चनपुरको बेलौरीबाट पक्राउ गरेको थियो। २०६६ मा कञ्चनपुरको सुडामा कत्था व्यवसाय गर्दै आएका भारतीय नागरिक विशाल जैनको हत्यापछि पक्राउ परेका राना २०६६ असोज १२ गते जिल्ला कारागार तोडेर भागेका थिए।

प्रहरी नायब निरीक्षक लोकराज भट्टले पक्राउ परेका राना लामो समयदेखि कञ्चनपुरका आपराधिक घटनामा संलग्न रहँदै आएको जानकारी दिए।

कञ्चनपुरको दैजीमा २०६८ सालमा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई समेत गोली हानी हत्या गरेका निज रानालाई ब्युरोले बुधबार अभियुक्त रानालाई प्रहरीको जिम्मा लगाएको प्रहरी नायब निरीक्षक लोकराज भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell