PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

आयुर्वेदिक औषधिप्रति आकर्षण घट्दो



रासस

भोजपुर : विगत वर्षयता आयुर्वेदिक औषधिप्रति जनसमुदायको आकर्षण दिनप्रतिदिन घट्दै गइरहेको छ।
 
पछिल्लो समयमा अस्पतालको उपचारमा वृद्धि भएसँगै आयुर्वेद तथा प्राकृतिक औषधिप्रति जनसमुदायको आकर्षण घटेको जिल्ला आयुर्वेद औषधालय भोजपुरले जनाएको छ। आयुर्वेद पद्धतिका बारेमा जनतामा चेतनाको कमीका कारणले पनि यस पद्धति प्रयोग गर्नेको सङ्ख्यामा कमी आएको हो।
 
भोजपुर कुलुङका अकलबहादुर राईले भने, 'बिरामी भएको बेला तत्काल सञ्चो नगर्ने र लामो समय पर्खनुपर्ने भएकाले अस्पतालकै औषधि प्रयोग गरिन्छ।' आयुर्वेद औषधि भनेको समयमा नपाइने र त्यसको प्रयोगका बारेमा जानकारी पनि नभएकाले प्रयोग नगरेको भोजपुर७ की मनमाया विकले बताइन्।
 
आयुर्वेदका जानकारका अनुसार औषधिले रोगलाई दबाउने मात्र काम गर्दछ पूर्ण रुपमा निको पार्दैन। तर केही यस्ता रोग छन् जसलाई आयुर्वेदले तत्काललाई दबाउने मात्र होइन पूर्ण रुपमा निको पार्ने काम नै गर्दछ। जानकारीको अभावमा जिल्ला तथा सेवा केन्द्रको आयुर्वेद औषधालयमा सर्वसाधारणको त्यति आवतजावत नभएको आयुर्वेद कार्यालय भोजपुरकी कर्मचारी सुष्मा बस्नेतले बताइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell