PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • साली नदीमा नियमित गङ्गा आरती

    काठमाडौँ : प्रत्येक वर्ष माघ महिनामा माधवनारायण मेला लाग्ने साँखुस्थित सालीनदीमा आज बेलुकीदेखि नियमित गङ्गा आरती सञ्चालन हुने भएको छ। श्री माधवनारायण स्वस्थानी ब्रत तथा साली नदी सुधार समितिले पशुपति गङ्गा आरती समूहको सहयोगमा नियमित आरती गर्न लागेको हो। ऐतिहासिक, सांस्कृतिक र धार्मिक हिसाबले महत्त्वपूर्ण भए पनि साली नदी एवम् साँखु क्षेत्र ओझेलमा परेकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धनका लागि नित्य…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनामा वितरण गर्न निर्देशन

    काठमाडौँ : व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई पहिलो किस्ता एक र दोस्रो किस्ताको अनुदान तीन महिनाभित्र वितरण गर्न निर्देशन दिएको छ। समितिको आजको बैठकपछि समिति सभापति डोरप्रसाद उपाध्यायले पुननिर्माण र पुनर्स्थापनाका काम सन्तोषजनक नभएकाले पुँजीगत खर्च फ्रिज नहुने गरी काम गर्न निर्देशन दिए। 'भूकम्पपछिको पुननिर्माण गर्न गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले हालसम्म पाँच प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ, पुँजीगत…

    विस्तृतमा पढ्नुस्

  • कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    पोखरा : एक भारतीय नागरिकलाई हत्या गरी फरार कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त एक महिनापछि पक्राउ परेका छन्।   कास्कीको लाहाचोक–५ घर भई हाल पोखरा–१७ मा बस्दै आएका वर्ष २५ का दिनेश नेपालीसमेतले गत पुस २७ गते भारतीय नागरिक सविर अन्सारीलाई पोखरा–१७ नमुना टोलस्थित तितेपानीमा ढुङ्गा प्रहारबाट हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • दृष्टिविहीन विश्वकप टी-ट्वान्टी क्रिकेटमा नेपाल भारतसँग पराजित

    काठमाडौँ : भारतमा जारी दृष्टिविहीन विश्वकप टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल भारतसँग १५२ रनको भारी अन्तरले पराजित भएको छ।   आन्द्रा प्रदेशस्थित मूलपाडु क्रिकेट मैदानमा भएको खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३७ रनमा समेटियो।   नेपालका लागि रमेशबहादुर बानियाँले ३५ तथा सुनिल सुवेदी क्षेत्रीले १२ रन जोडे। त्यस्तै पदमबहादुर बडैलाले…

    विस्तृतमा पढ्नुस्

  • विज्ञापनरहित नीति २०७३ कार्यान्वयनबारे छलफल

    काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल भएको छ। सो छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विज्ञापन सङ्घका प्रतिनिधि, आम सञ्चार नीति कार्यान्वयन सुझाव समितिका सदस्य, नेपाल केवल टेलिभिजन महासङ्घलगायतका सरोकारवालाको उपस्थिति थियो।   उक्त अवसरमा नीतिका बारेमा मन्त्रालयका सहसचिव रामचन्द्र…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    तिलोत्तमा (रुपन्देही) : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बसको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ।   पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–१६ भूपू सैनिक टोलमा पूर्वबाट पश्चिम जाँदै गरेको बसले बाटो काट्दै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँ बस्ने अन्दाजी ६४ वर्षीय दुर्गाबहादुर कुँवरको मृत्यु भएको छ।   बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रमम लुम्बिनी अञ्चल…

    विस्तृतमा पढ्नुस्

  • कानुन सङ्कायतर्फ स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षाफल प्रकाशित

    काठमाडौँ : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीन वर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ। परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • ​मापदण्ड विपरीत सञ्चालित मेडिकल सिलबन्दी

    काठमाडौँ : तिलगङ्गामा रहेको एलिसा मेडिकल सेन्टर प्रालि नियम विपरीत सञ्चालन भएको पाएपछि उक्त मेडिकल सेन्टरमा सिलबन्दी गरिएको छ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमतिपत्र नलिई सञ्चालन गरेको र विदेश जाने व्यक्तिको स्वास्थ्य परीक्षणसमेत गरिएको रजिस्टर फेला परेपछि सिलबन्दी गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।  सिलबन्दी गरिएको उक्त मेडिकल सेन्टरलाई तीन…

    विस्तृतमा पढ्नुस्

  • ​वन कर्मचारीमाथि आक्रमण गर्ने नौ जना थुनामा

    कपिलवस्तु : वन कार्यालय र वन कर्मचारीमाथि आक्रमण गर्न आएका नौ जनालाई जिल्ला वन कार्यालयले पक्राउ गरी थुनामा राखेको छ।  जिल्लाको शिवराज साझेदारी वन क्षेत्रमा छपान जाँचका क्रममा गएको वन गस्ती टोलीले सो वन क्षेत्रमा पाँचवटा हरियो रुख काटिरहेका व्यक्तिमाथि कारबाही गर्न खोज्दा उनीहरु भागेपछि भोलिपल्ट सो को प्रतिवाद गर्न ठूलो संख्यामा आएका सर्वसाधारणले वन कर्मचारी र साझेदारी वन कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • ​बिम्स्टेक सम्मेलन नेपालमा गर्ने प्रस्ताव, विदेश सचिव स्तरीय बैठक सम्पन्न

    ​बिम्स्टेक सम्मेलन नेपालमा गर्ने प्रस्ताव, विदेश सचिव स्तरीय बैठक सम्पन्न

    काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा हुने तय भएको छ।  मंगलवार सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवको बैठकका छलफल तथा निर्णयका बारेमा जानकारी गराउँदै परराष्ट्र सचिव शङ्करदास बैरागीले २०१७ को अक्टोबर वा नोभेम्बरमा शिखर सम्मेलन गर्न प्रस्ताव गरिएको बताए।  बिम्स्टेकको अध्यक्ष नेपालले उक्त क्षेत्रीय…

    विस्तृतमा पढ्नुस्

  • ​मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, तीनजना घाइते

    भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ खैरभट्टीमा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीका अनुसार से ५ प २२६४ र म १ प ३६३४ एक आपसमा ठोक्किँदा कैलालीको धनगढीस्थित तारानगरका २२ वर्षीय सुरज पार्की र कञ्चनपुरको बेदकोट नगरपालिका–२ भम्काका २३ वर्षीय रहिस ओखेडाको मृत्यु भएको छ। …

    विस्तृतमा पढ्नुस्

  • ​राप्रपाको मनाङको अधिवेशन काठमाडौंमा नै सम्पन्न, डन दिपक मनाङ्गे अध्यक्षमा चयन

    ​राप्रपाको मनाङको अधिवेशन काठमाडौंमा नै सम्पन्न, डन दिपक मनाङ्गे अध्यक्षमा चयन

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको आज भएको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ।  प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिम्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित भएका छन्।  त्यसैगरी, मनाङमा दीपक गुरुङ, डोल्पामा योगेन्द्र शाही, हुम्लामा कालीबहादुर शाही, धनकुटामा कुमारबहादुर थापा, भोजपुरमा डा सुरेश बस्नेत, चितवनमा बद्री तिमिल्सिना, गुल्मीमा वसन्तविक्रम पाण्डे, तनहुँमा विनोद घर्ती, झापामा…

    विस्तृतमा पढ्नुस्

  • ​सरकारले निःशुल्क उपलव्ध गराउने सवै औषधि रामेछापमा उपलव्ध

    रामेछाप : रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ। रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलवार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।  जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी, एक उपस्वास्थ्य चौकीमा ३५ थरी, आठ सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी, चार…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोहण तयारीमा दृष्टिविहीन युवा, जुटाउँदै सहयोग

    म्याग्दी : सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ।   अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्‍याउन सक्छन् भन्ने उदाहरण पेस गर्न बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन्।   आरोहणका लागि एकलाख अमेरिकी डलर अर्थात् करिब रु एक करोड खर्च हुने भएपछि केसी…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरको गाईघाटमा बन्दैछ पूर्वाञ्चलकै ठूलो बसपार्क,

    गाईघाट (उदयपुर) : उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ।   २०६९ सालबाट यसको निर्माण कार्य सुरु भए पनि बजेटको अभावमा पूर्णता पाउन सकेको थिएन। सहरी विकास डिभिजन कार्यालयले बजेट व्यवस्थापन गरेपछि अहिले बरुवा बसपार्क पूर्वाञ्चलकै ठूलो बसपार्कको रुपमा निर्माण हुन लागेको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मलकुमार रेग्मीले…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरको मिल्स एरियामा आगलागी, १३ लाख मूल्य बराबरको क्षति

    जनकपुरको मिल्स एरियामा आगलागी, १३ लाख मूल्य बराबरको क्षति

    महेन्द्रनगर (धनुषा) : जनकपुरस्थित एक पसलमा गएराति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।   जनकपुरको मिल्स एरियास्थित ताज रुई सेन्टरमा आगलागी भएको हो। आगलागीबाट रु १३ लाखभन्दा बढीको क्षति भएको पीडित पसलेले जनाएका छन्।   जनकपुर उपमहानगरपालिका पुलचोक—१६ बस्ने मोहमद अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा आगलागी भई सम्पूर्ण सरसामानसहित घर जलेर खरानी भएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • एकेडेमीमा जारी पुस्तक प्रदर्शनीको अवधि २० दिन थपियो

    काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ।   पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो। यसअघि पुस २६ देखि माघ १५  सम्म कायम गरिएको प्रदर्शनी ११ दिन थप गरिएको थियो।   पृथ्वीनारायण…

    विस्तृतमा पढ्नुस्

  • उपचार गराउने पैसा नहुँदा कुपोषणका कारण एक बालिकाको मृत्यु

    डडेल्धुरा : कुपोषणले पीडित रहेकी बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ।   मृत्यु हुनेमा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिना छिन्। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए। जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो। डडेल्धुराले धनगढी रिफर गरेपनि…

    विस्तृतमा पढ्नुस्

  • ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु

    रत्ननगर (चितवन) : पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याकरको ठक्करबाट आज एक किशोरीको मृत्यु भएको छ।   भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ५७१४ नम्बरको तेल बोक्ने ट्याकरले विपरीत दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो।   खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान–९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने…

    विस्तृतमा पढ्नुस्

  • चर्को आवाजको बाजाका कारण हृदयघात भएर किशोरको मृत्यु

    गौशाला : महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ। सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेको बेला सोही नाचगान हेर्न घरबाहिर निस्केका किशोर अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन्। डिजे बाजाको चर्को आवाज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell