PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

विज्ञापनरहित नीति २०७३ कार्यान्वयनबारे छलफल



रासस

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल भएको छ।

सो छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विज्ञापन सङ्घका प्रतिनिधि, आम सञ्चार नीति कार्यान्वयन सुझाव समितिका सदस्य, नेपाल केवल टेलिभिजन महासङ्घलगायतका सरोकारवालाको उपस्थिति थियो।
 
उक्त अवसरमा नीतिका बारेमा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले प्रस्तुति गरेका थिए। सो अवसरमा मन्त्री कार्कीले विज्ञापनरहित नीति, २०७३ लागु गर्ने प्रक्रिया सरोकारवालासँग नियमित छलफल गर्दै अगाडि बढाउने जानकारी गराए।
 
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सो नीति नेपालको हितमा रहेको र नीति कार्यान्वयन गर्न उपयुक्त भएकाले प्राविधिक तयारीसहित कार्यान्वयन गर्ने बताएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell