PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एकेडेमीमा जारी पुस्तक प्रदर्शनीको अवधि २० दिन थपियो



रासस

काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ।
 
पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो। यसअघि पुस २६ देखि माघ १५  सम्म कायम गरिएको प्रदर्शनी ११ दिन थप गरिएको थियो।
 
पृथ्वीनारायण शाहसँग सम्बन्धित स्मारिका, महाकवि देवकोटाका विभिन्न कृति, बिपी कोइरालाको मोदिआइन, दोषीचस्मा लगायत कृतिका साथै अन्य लेखकबाट सङ्ग्रह गरिएका विभिन्न पुस्तक प्रदर्शनीमा राखिएका छन्। सो प्रदर्शनीमा विभिन्न कृतिमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
 
प्रदर्शनीका संयोजक शिव चापागाईंले प्रदर्शनीमा विभिन्न समूहका दर्शक आउने गरेको बताउँदै दैनिक रु १० हजारको बिक्री भएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell