PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

उदयपुरको गाईघाटमा बन्दैछ पूर्वाञ्चलकै ठूलो बसपार्क,



रासस

गाईघाट (उदयपुर) : उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ।
 
२०६९ सालबाट यसको निर्माण कार्य सुरु भए पनि बजेटको अभावमा पूर्णता पाउन सकेको थिएन। सहरी विकास डिभिजन कार्यालयले बजेट व्यवस्थापन गरेपछि अहिले बरुवा बसपार्क पूर्वाञ्चलकै ठूलो बसपार्कको रुपमा निर्माण हुन लागेको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मलकुमार रेग्मीले बताए।
 
 
यसअघि नै बसपार्कमा टिकट काउन्टर हाउसको निर्माण भए पनि अहिले बालमैत्री तथा अपाङ्गमैत्री शौचालय र प्रतिक्षालय निर्माण कार्य सुरु भइरहेको बसपार्क निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष देवीमाया कटुवालले बताइन्।
 
बसपार्क निर्माण तथा व्यवस्थापनको अहिले सहरी विकास डिभिजन कार्यालयले तत्काल रु ४० लाख रकम उपलब्ध गराएपछि बसपार्कलाई तत्काल नक्साङ्कन गरेर निर्माण तथा व्यवस्थापन कार्य अगाडि बढाउन अनुमति दिइएको सहरी विकास डिभिजन कार्यालय उदयपुर गाईघाटका प्रमुख इन्जिनियर ब्रह्मदेव चौधरी बताउँछन्।

११ बिघा क्षेत्रफलमा फैलिएको बसपार्क पूर्वाञ्चलकै ठूलो क्षेत्रफल भएको बसपार्क रहेको र यसको व्यवस्थापन गर्न पनि ठूलो बजेट लाग्ने भएको कारण पनि निकै कठिनाइ भइरहेको बसपार्क निर्माण उपभोक्ता समितिका पदाधिकारी बताउँछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell