PahiloPost

May 24, 2026 | १० जेठ २०८३

​सरकारले निःशुल्क उपलव्ध गराउने सवै औषधि रामेछापमा उपलव्ध



रासस

रामेछाप : रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ। रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलवार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । 

जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी, एक उपस्वास्थ्य चौकीमा ३५ थरी, आठ सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी, चार सहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निःशुल्क पाइने औषधि उपलब्ध गराउनुपर्ने सरकारी नियमअनुसार निःशुल्क औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद साहले बताए। 

जिल्लामा अहिले पूर्णरुपमा औषधि रहेको र औषधि चैतसम्म पुग्ने आफूहरुसँग औषधि रहेको डा. साहको भनाइ छ। औषधि खरिदका लागि रु ४३ लाख अख्तियारी आएकोमा जिल्ला स्वास्थ्य कार्यालयमा सुरुमै रु छ लाख, त्यसपछि रु २४ लाख, र १३ लाखको औषधि खरिद गरिएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell