PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

साली नदीमा नियमित गङ्गा आरती



रासस

काठमाडौँ : प्रत्येक वर्ष माघ महिनामा माधवनारायण मेला लाग्ने साँखुस्थित सालीनदीमा आज बेलुकीदेखि नियमित गङ्गा आरती सञ्चालन हुने भएको छ।

श्री माधवनारायण स्वस्थानी ब्रत तथा साली नदी सुधार समितिले पशुपति गङ्गा आरती समूहको सहयोगमा नियमित आरती गर्न लागेको हो। ऐतिहासिक, सांस्कृतिक र धार्मिक हिसाबले महत्त्वपूर्ण भए पनि साली नदी एवम् साँखु क्षेत्र ओझेलमा परेकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धनका लागि नित्य आरती सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिए।

'पौराणिक कालमा नवराज राजाले राज्य गरेको, साली नदीमा ब्रत गरी चन्द्रावती पापबाट मुक्त भई पुण्य कमाएको धार्मिक विश्वास छ, ऐतिहासिक रुपमा कान्तिपुरमा बस्ती बस्नुअगावै राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यो स्थानको ऐतिहासिक महत्त्व पनि छ', उनले भने।

यस वर्ष १७७ महिला र १५ पुरुष गरी १९२ जनाले माधवनारायण एवम् स्वस्थानीको कठोर ब्रत गरिरहेको समितिले जनाएको छ। पुस शुक्ल पूर्णिमादेखि सुरु भएको यो ब्रत माघ शुक्ल पूर्णिमा अर्थात् माघ २८ गते शुक्रबार सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell