PahiloPost

May 24, 2026 | १० जेठ २०८३

चर्को आवाजको बाजाका कारण हृदयघात भएर किशोरको मृत्यु



रासस

गौशाला : महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ।

सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेको बेला सोही नाचगान हेर्न घरबाहिर निस्केका किशोर अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन्।

डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भई घर अगाडि लडेका किशोर अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell