PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

सगरमाथा आरोहण तयारीमा दृष्टिविहीन युवा, जुटाउँदै सहयोग



रासस

म्याग्दी : सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ।
 
अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्‍याउन सक्छन् भन्ने उदाहरण पेस गर्न बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन्।
 
आरोहणका लागि एकलाख अमेरिकी डलर अर्थात् करिब रु एक करोड खर्च हुने भएपछि केसी यति बेला विभिन्न सङ्घ संस्थामा सहयोगका लागि दौडधुपमा व्यस्त छन्।
 
उनले आगामी अप्रिल २ देखि जुन १० सम्ममा आरोहण गरिसक्ने गरी सरकारबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिइसकेका छन्। केसीका अनुसार हालसम्म नेपाल सरकारले रु पाँच लाख सहयोग गरिसकेको छ भने लायन्स क्लबले समेत आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाइसकेको छ।
 
आरोहणको तयारीअन्तर्गत यसअघि २०७२ बैसाख ८ गते सोलुखुम्बुमा रहेको आइसल्यान्ड पिक र २०७२ चैत ८ गते मेरापिक हिमाल आरोहण गरिसकेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell