PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सिराहामा सत्र हजार कुखुराको बिमा



रासस

लहान : सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बिमा गरिएको छ।

बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिल्लाका १११ पशुपालक किसानले आफ्ना पशु तथा चारजना पोल्ट्री फार्म सञ्चालकले कुखुराको बिमा गराएका जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा= काशीनाथ यादवले जानकारी दिए।

पशुतर्फ १९९ गाई, ४० वटा भैँसी, २०४ बाख्रा र १२ वटा बङ्गुरको बिमा गरिएको छ। बाली र पशुपंक्षीको बिमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने तथा २५ प्रतिशत किसान स्वयम्ले तिर्नुपर्ने व्यवस्था रहेको छ।

पशुतर्फ रु एक करोड ४६ लाख ५८ हजार, पंक्षीतर्फ (कुखुरा फार्म) रु ४६ लाख २५ हजारको बिमा भएको लहानस्थित लुम्बिनी जेनरल इन्स्योरेन्सका शाखा इन्चार्ज अनिलकुमार यादवले बताए। अहिलेसम्ममा प्रिमियमस्वरुप पशुतर्फ रु सात लाख ३२ हजार र कुखुरा फार्मतर्फ रु ६९ हजार सङ्कलन भएको छ। केही समय अगाडि इटाटार गाविसमा माछा पोखरीको समेत बिमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell