PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण



रासस

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन्।

प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले आज पारित गरेको सो कार्यालयले जनाएको छ।

उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell