PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

पोखरामा पुष्पलाल स्मृति भवन शिलान्यास



रासस

पोखरा : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका बारेमा अध्ययन अवलोकन गर्न इच्छुक जो कोहीलाई पनि सुविधा पु¥याउने उद्देश्यले यहाँ पुष्पलाल अध्ययन केन्द्र भवन निर्माण गरिने भएको छ।
 
पोखरा उपमहानगरपालिका–२३ फेदीपाटनमा संस्थाले खरिद गरेको छ आना जग्गामा रु एक करोड २२ लाखको लागतमा सुविधा सम्पन्न पक्की भवन बनाइनेछ।
 
नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रदेश नं ४ का संयोजक किरण गुरुङले सो भवनको आज शिलान्यास गर्दै साम्यवाद र लोकतन्त्रका प्रेरणादायी नेता पुष्पलाललाई वर्षमा दुई दिन मात्र सम्झेर नपुग्ने बताए।
 
स्थानीय जनताको सहभागितामा सो क्षेत्रमा रहेको लगभग २०० रोपनी जग्गाको संरक्षण गर्दै सहिद स्मृति उद्यान, बाल उद्यान, वनभोज स्थलसहित बगैँचाजस्ता विभिन्न भौतिक संरचना तयार गरी आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धन गरिने योजना रहेको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell