PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

मलेसियामा एक नेपालीको मृत्यु



रासस

राजविराज : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ।
 
बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए। उनी मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा कार्यरत थिए। उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको छ।

यसअघि १० दिन अगाडि सप्तरीकै एक व्यक्तिको पनि साउदीअरबमा मृत्यु भएको थियो। दुबै मृतकका परिवारले शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell