PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

बजेट कतैबाट नमिलेपछि स्थानीयले थाले श्रमदानमार्फत नै सडक निर्माण



रासस

तेह्रथुम : गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन्। 

गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै सडक निर्माण सुरु गरेका स्थानीय नारायण श्रेष्ठले बताए।

'धेरैतिर माग गरियो, तर कसैले सुनेनन्,' उनले भने। सडक नहुँदा गाउँमा खाद्यान्नलगायत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएको वस्तु अन्यत्र पठाउन गाह्रो भएको छ। फूलबारीमा ३० घर परिवारको बसोबास रहेको छ।
 
महिनाको पहिलो र तेस्रो शनिबार श्रमदान गर्ने गरिएको स्थानीय कुलबहादुर श्रेष्ठ बताउँछन्। अहिले करिब दुई किलोमिटर सडक निर्माण भइरहेको छ। निर्माण थालिएको डुम्रिबोटे, फूलबारी हुँदै फयाक जोड्ने सो कृषि सडक श्रमदानबाटै निर्माण गर्ने स्थानीयले बताएका छन्। सडक निर्माणपछि फूलबारीबाट सदरमुकाम म्याङलुङ तथा शुक्रबारे बजार आवतजावत गर्न सहज हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell