PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नक्सा माग्दा नापी कार्यालयका कर्मचारीले सेवाग्राही कुटे



रासस

महेन्द्रनगर (धनुषा) : धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन्।

जनकपुरको श्याम चोक निवासी ललन शाह र उनका छोरा अमित शाहलाई कर्मचारीले कुटपिट गरेका हुन्।

नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन शाहलाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीडित शाहको आरोप छ।

सो घटनाबारे कार्यालयमा बुझ्दा नक्सा फाँटका कर्मचारी कतै गएकाले एक्कै छिन् पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका हुन्। घाइते सेवाग्राही ललनलाई धनुषा प्रहरीले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले बताएका हुन्। घाइते साह जनकपुरको श्याम चोकस्थित माछा पसल गरेर गुजारा चलाउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell