PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न प्रधानमन्त्रीसँग माग



रासस

काठमाडौँ : मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी लागुऔषध तथा मदिरा दुर्व्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ।
 
प्रधानमन्त्री दाहालले दुर्व्यसन नियन्त्रणका लागि कार्ययोजनाले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समाजले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताएको समाजका अध्यक्ष गङ्गाधर अधिकारीले जानकारी दिए।
 
अध्यक्ष अधिकारीले लागुऔषध तथा मदिरा दुर्व्यसनले महामारीको रुप लिन लागिरहेकाले यसको अगाडि नै रोकथामका लागि राष्ट्रिय कार्ययोजना तयार पार्नुपर्ने बताए।
 
समाजले प्रधानमन्त्रीको अध्यक्षतामा आगुऔषध मदिरा दुर्व्यसनी रोकथामको उद्देश्यसहित विशेष निकाय गठन गर्न पनि आग्रह गरेको छ।
 
प्रधानमन्त्रीसँगको भेटमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल र महासचिव उत्तम पुडासैनी सहभागिताको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell