PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने रोग अधिक



रासस

नेपालगन्ज : बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेको छ।

जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो।

कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएको छ।

विशेषतः जिल्लाको गनापुर, साइगाँउ, नौवस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला सो समस्याबाट सबैन्दा बढी पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत अङ्गतबहादुर शाहीले बताए।

कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell