PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

व्यवसायीले चैतदेखि मलेसियामा कामदार पठाउन रोक्ने, श्रममन्त्रीलार्इ आइतबार ज्ञापनपत्र बुझाए



रासस

व्यवसायीले चैतदेखि मलेसियामा कामदार पठाउन रोक्ने, श्रममन्त्रीलार्इ आइतबार ज्ञापनपत्र बुझाए

काठमाडौँ : मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको पैसा लिन बन्द नगरे नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ ।

संघले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई बुझाएको हो।
 
अवैध रकम उठाउने ती संस्था बन्द नगरिए वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालयबाट दिइने पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

 मलेसिया जाने कामदारबाट संस्थाले प्रति कामदार थप रु १७ हजार ५०० अतिरिक्त रकम उठाउँदै आएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई महिनाअघि नै माइग्राम, ओएसीलगायत संस्थाले कामदारबाट अवैध रुपमा रकम उठाइरहेको भन्दै ती संस्थालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell