PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काभ्रेखोलामा २८ वर्षिय युवतीको हत्या



रासस

काभ्रेखोलामा २८ वर्षिय युवतीको हत्या

खोटाङ : खोटाङको जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ।
शनिबार अन्दाजी २८-३० वर्षीया युवतीको शव फेला परेको हो। शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए।

घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको देखिएको प्रधानले बताए।

मृतक युवतीको पहिचान भने हुन सकेको छैन। युवतीले रातो स्विटर, नाकमा फुली र हातमा चुरा लगाएकी घटनास्थल पुगेका प्रहरीले जानकारी दिएका छन्। घटनाको अवस्था हेर्दा गएराति उनको हत्या भएको अनुमान छ।

खोलाको भौडीमा फालिएको अवस्थामा महिलाको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीका अनुसार आर्य मूलको अनुहार देखिने मृत महिला सो गाविसको नभएको बताइएको छ । रासस 
सांकेतिक फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell