PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • ​निःशुल्क वितरण गर्ने औषधि आपूर्ति नहुँदा सल्यानमा औषधि अभाव

    सल्यान : सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ। विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो।  जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने भएको…

    विस्तृतमा पढ्नुस्

  • लाङटाङमा आवास निर्माण भएसँगै पर्यटकलाई बसोबास गर्न सहज

    रसुवा : भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ।   लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आएको हो।…

    विस्तृतमा पढ्नुस्

  • 'पार्टी पत्रकारिता मौलाएकोमा' सञ्चारमन्त्री कार्कीको चिन्ता

    'पार्टी पत्रकारिता मौलाएकोमा' सञ्चारमन्त्री कार्कीको चिन्ता

    काठमाडौं : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन्।   मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्र, जनता, जनजीविका, भाषा, साहित्य, लोपोन्मुख जातजाति तथा पिछडिएका समुदायको अधिकारलाई गौण राखी पार्टी पत्रकारिता अगाडि देखिएको बताए।   उनले सत्यतथ्यमा भन्दा आरोप–प्रत्यारोप गालीगलौज तथा व्यक्तिको चरित्र हत्या गर्नेतर्फ उन्मुख पत्रकारिताले समाजमा रचनात्मक प्रभाव नदेखिने उल्लेख गरे।…

    विस्तृतमा पढ्नुस्

  • कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि त्रिपालमा बास

    कञ्चनपुर : कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएपछि त्रिपालमा राख्ने व्यवस्था मिलाइएको छ।   कारागारको क्षमता ९५ जना भए पनि २६० जना कैदीबन्दीलाई राखिएको छ। अहिले कारागारमा २४८ पुरुष, १२ जना महिला कैदीबन्दी र दुई नाबालक छन्।   कारागारमा पुरुष कैदी ७० र महिला कैदीबन्दी २५ राख्ने क्षमता रहेको छ। 'क्षमताभन्दा बढी भएका कैदीबन्दीलाई कारागारभित्रै रहेको मैदानमा त्रिपाल टाँगेर…

    विस्तृतमा पढ्नुस्

  • प्रोत्साहन भत्ताको माग राख्दै बाँकेका गाविस सचिव आन्दोलनमा

    नेपालगन्ज : कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेर बाँके जिल्लाका गाविस सचिवले यहाँ आन्दोलन थालेका छन्।   उनीहरुको आन्दोलनपछि यहाँका सबै गाविस कार्यालयको कामकाज ठप्प भएको छ भने काम लिएर गाविस कार्यालय पुगेका सेवाग्राहीले हैरानी बेहार्नुपरेको छ।   विगत १५ वर्षदेखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधि बहालीका लागि स्थानीय तहको चुनाव हुनुपर्ने, सचिवलाई सरकारबाट गतवर्ष स्वीकृत भएको प्रोत्साहन…

    विस्तृतमा पढ्नुस्

  • गर्भपतनका लागि नि:शुल्क औषधि पाएपछि झापामा ३ सय ६३ ले लिए सेवा

    बनियानी (झापा) : सरकारले सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन्।   आर्थिक वर्ष २०७३/७४ को छ महिनाको अवधिमा झापाका ११ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले गर्भपतन सेवा लिएका हुन्। नौ हप्ता (६३ दिन) को गर्भपतन गराउने औषधि ‘मेटाबोन’ गत असोजदेखि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ।   सो अवधिमा धुलाबारी प्राथमिक स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं विश्वविद्यालयमा ताला लागेपछि गेटमै पढाइ

    बनेपा : काठमाडौँ विश्वविद्यालय (केयु) मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन्।   स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले साङ्केतिक रुपमा विरोधस्वरुप एक घन्टा केयु गेटमा अध्ययन गरेका थिए। उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्ने प्लेकार्ड समेत बोकेका थिए।   लामो समयदेखि पठनपाठन सुरु नभएपछि साङ्केतिक रुपमा पढाइ…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथ विस्तार र कोदारी नाका खुलाउनेबारे चिनियाँ राजदूत-यातायात मन्त्रीबीच छलफल

    काठमाडौँ : भौतिक पूर्वाधारसँग सम्बन्धित चीनको सहयोगमा सञ्चालित आयोजनाका काम तोकिएको समयमा सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई सरकारबीच सम्झौता भई काम भइरहेको चक्रपथ विस्तार आयोजना र अरनिको राजमार्गको काम समयमै सक्ने विषयमा छलफल गरे। सो छलफलमा दुवैतर्फबाट आएका समस्या समाधानमा…

    विस्तृतमा पढ्नुस्

  • नि:शुल्क औषधि वितरणका लागि लाखौंको औषधि खरिद

    नि:शुल्क औषधि वितरणका लागि लाखौंको औषधि खरिद

    बनियानी (झापा) : जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क औषधि वितरणका लागि ३६ प्रकारका औषधि खरिद गरेको छ।   चालु आर्थिक वर्ष २०७३/७४ मा बोलपत्रमार्फत रु ५८ लाख २४ हजार ९ सय ९९ बराबरको औषधि कार्यालयले खरिद गरेको हो। निःशुल्क वितरण गरिने अत्यावश्यक औषधिको अभाव हुन नदिन औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले बताए।   औषधि खरिदसँगै…

    विस्तृतमा पढ्नुस्

  • दलितलाई कानुनी तगारा, २५ प्रतिशत छुटको प्रक्रिया झन्झटिलो

    पथरी (मोरङ) : दलितलाई रजिस्ट्रेसन पासमा थैली अङ्कका आधारमा दिइने २५ प्रतिशत छुटको प्रक्रिया झन्झटिलो हुने गरेको छ।   सरकारको झन्झटिलो प्रक्रियाले सो सेवाबाट उनीहरु वञ्चित भएका छन्। तर सरकारले दलित समुदायका लागि घरजग्गा रजिस्ट्रेसनमा थैली अङ्कका आधारमै २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।   झन्झटिलो प्रक्रिया, दलित समुदायमा चेतनाको कमी र सरकारी सेवा सुविधाका विषयमा प्रचारप्रसार हुन नसकेका कारण…

    विस्तृतमा पढ्नुस्

  • पुनर्संरचना आयोगको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै २६ दिनदेखि जारी खोटाङ बन्द फिर्ता

    खोटाङ : स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको विषयमा असन्तुष्टि जनाउँदै खोटाङमा तीन साताअघि देखि सुरु भएको अनिश्चितकालीन सडक बन्द फिर्ता भएको छ।   जिल्लाबाट सर्वसम्मतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा बनाइएको विरोधमा पुस २३ गतेदेखि सुरु गरिएको अनिश्चितकालीन सडक बन्द फिर्ता लिइएको हो। जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत पक्षसहित बसेको सर्वदलीय–सर्वपक्षीय बैठकमा ‘महुरेगढी गाउँपालिकालाई कायम गर्न’ जिल्लाका सबै…

    विस्तृतमा पढ्नुस्

  • एनजिओ-आइएनजिओलाई प्राधिकरणको निर्देशन- 'पारदर्शी र जवाफदेही भई काम गर'

    एनजिओ-आइएनजिओलाई प्राधिकरणको निर्देशन- 'पारदर्शी र जवाफदेही भई काम गर'

    काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुननिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई निर्देशन दिएको छ।   भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनर्निर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनर्निर्माणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई बुधबार कार्यालयमा बोलाएर निर्देशन दिएको सहायक प्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए। सङ्घसंस्थाका प्रतिनिधिसँगको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा बस दुर्घटना, एकको मृत्यु, २४ घाइते

    दमौली : तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। घाइतेमध्ये छ जना गम्भीर छन्। दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए। दुर्घटनामा परी गम्भीर घाइते भएका कामीको उपचारका लागि दमौलीतर्फ…

    विस्तृतमा पढ्नुस्

  • पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

    उर्लाबारी (मोरङ) : मोरङको उर्लाबारी–१ स्थित भित्री सडकखण्डमा मंगलवार साँझ पिकअप भ्यानको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ।  मंगलवार मे१ज २२४७ नंको पिकअप भ्यानको ठक्करबाट उर्लाबारी–१ का ९ वर्षीय बालक मनिष तोलाङ्गे सार्कीको घटनास्थलमै मृत्यु भएको हो।  ठक्कर दिने पिकअप भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। 

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल ताप्लेजुङमा सिटामोल अभाव

    ताप्लेजुङ : १९ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ।  सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिने गरे पनि केन्द्रबाट नै प्रदान हुने निःशुल्क औषधि पाँच महिना अघिदेखि नआउँदा औषधिको अभाव देखिन थालेको हो।  जिल्ला अस्पताल स्रोतका अनुसार अहिले मेट्रो, सिटामोलजस्ता अति आवश्यक औषधिकै अभाव सिर्जना भएको छ। अस्पतालमै औषधि नभएपछि ग्रामीण क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • ​साउदीमा मृत्यु भएका मण्डलको शव दुई महिनादेखि अलपत्र, परिवारद्वारा सरकारसँग सहयोग माग

    राजविराज : वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल ल्याउन सकिएको छैन।  सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको आज दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर ल्याउन नसक्दा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनाएको छ।  फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षा–दीक्षा…

    विस्तृतमा पढ्नुस्

  • ​युएइमा ज्यान गुमाएका थापाको परिवारलाई पाल्पाली समाजको सहयोग

    पाल्पा :संयुक्त अरब इमिरेट्स (युएइ) मा ज्यान गुमाएका पाल्पाको जल्पा–९ का विष्णुबहादुर थापाको परिवारलाई पाल्पाली समाज युएइले आर्थिक सहयोग गरेको छ।  गत मङ्सिर १० गते हृदयाघातका कारण ज्यान गुमाएका थापाका छ वर्षीय छोरा प्रतीक थापाको शैक्षिक खर्चका लागि रु एक लाख सहयोग गरिएको हो।  थापाकी श्रीमती जल्पा–९ की टिकुमाया थापालार्ई नगद हस्तान्तरण गरेको समाजका फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्तीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ​बेवारिसे अवस्थामा एक शिशुको शव फेला

    बाजुरा : कोल्टीमा बेवारिसे अवस्थामा एक शिशुको शव फेला परेको छ।  कोल्टी– १ थिपिचौरस्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ।  शव मंगलबार बिहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।  कोल्टी विमानस्थल सुरक्षा गार्डका प्रहरी निरीक्षक डम्बरबहादुर थापाले शिशु मारेर फालेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको बताए।  शव प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ल्याएर शव…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय निर्वाचन प्रयोजनका लागि पर्वतमा १६ दल दर्ता

    फलेवास : सरकारले स्थानीय निर्वाचनको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन्।  जिल्ला निर्वाचन कार्यालय पर्वतमा सोमबार अन्तिम दिनसम्म १६ वटा दलले पार्टी दर्ता गराएका हुन्।  यसपटक २०७० सालको निर्वाचनभन्दा तीनवटा बढी दल दर्ता भएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी,…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सरपीडितका लागि सहयोग संकलन अभियान

    बाबियाचौर : म्याग्दीको ताकम–४ की रक्त क्यान्सरपीडित फूलमाया भण्डारीको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ।  परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ३३ वर्षीया भण्डारीको उपचारका लागि मङ्गलबारदेखि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको हो। अभियानको पहिलो दिन संस्थाका पदाधिकारी तथा संस्थापकबाट रु ३१ हजार सहयोग प्राप्त भएको छ।  दुई छोरा र दुई छोरीकी आमा भण्डारीको कमजोर आर्थिक अवस्थाका कारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell