PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चक्रपथ विस्तार र कोदारी नाका खुलाउनेबारे चिनियाँ राजदूत-यातायात मन्त्रीबीच छलफल



रासस

काठमाडौँ : भौतिक पूर्वाधारसँग सम्बन्धित चीनको सहयोगमा सञ्चालित आयोजनाका काम तोकिएको समयमा सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ।
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई सरकारबीच सम्झौता भई काम भइरहेको चक्रपथ विस्तार आयोजना र अरनिको राजमार्गको काम समयमै सक्ने विषयमा छलफल गरे। सो छलफलमा दुवैतर्फबाट आएका समस्या समाधानमा जोड दिइएको र पूर्वाधारका थप आयोजनामा सहयोगका विषयमा छलफल भएको मन्त्रालयका सचिव धनबहादुर तामाङले जानकारी दिए।
 
अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको मर्मतसम्भार छिटो सम्पन्न गरी कोदारी नाका खुलाउने सम्बन्धमा पनि उनीहरुबीच छलफल भएको थियो। चीन सरकारको सहयोगमा सञ्चालित चक्रपथ विस्तार आयोजना गत वर्षको भूकम्प र भारतको नाकाबन्दीले ढिला भएको थियो। भूकम्पपछि क्षति पुगेको अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड चिनियाँ सरकारकै सहयोगमा मर्मतसम्भार भइरहेको छ। हाल सो मार्ग सञ्चालनमा आउन सकेको छैन।
 
छलफलका क्रममा राजदूत युले मन्त्री लेखकलाई आगामी वैशाख/जेठमा चीनमा हुने पूर्वाधारसम्बन्धी सम्मेलनमा भाग लिन निमन्त्रणापत्र हस्तान्तरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell