PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

काठमाडौं विश्वविद्यालयमा ताला लागेपछि गेटमै पढाइ



रासस

बनेपा : काठमाडौँ विश्वविद्यालय (केयु) मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन्।
 
स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले साङ्केतिक रुपमा विरोधस्वरुप एक घन्टा केयु गेटमा अध्ययन गरेका थिए। उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्ने प्लेकार्ड समेत बोकेका थिए।
 
लामो समयदेखि पठनपाठन सुरु नभएपछि साङ्केतिक रुपमा पढाइ निरन्तररुपमा सञ्चालन होस् भन्ने सन्देश दिन खोजिएक बायोटेक्निकल चौँथो वर्षमा अध्ययनरत रुपक पराजुलीले बताए।
 
केयुका रजिष्टार भोला थापाले स्थगित विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा तालाबन्दी नखुलेको बताए।

काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाए। सो तालाबन्दी अनेरास्ववियुको नेतृत्वमा भएको थियो।
 
तालाबन्दी खोल्ने विषयमा भएका पटकपटकका वार्ता असफल भएका छन्। माघ ९ गतदेखि केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell