PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

​बेवारिसे अवस्थामा एक शिशुको शव फेला



रासस

बाजुरा : कोल्टीमा बेवारिसे अवस्थामा एक शिशुको शव फेला परेको छ। 

कोल्टी– १ थिपिचौरस्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ। 

शव मंगलबार बिहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। 

कोल्टी विमानस्थल सुरक्षा गार्डका प्रहरी निरीक्षक डम्बरबहादुर थापाले शिशु मारेर फालेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको बताए। 

शव प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ल्याएर शव परीक्षणका लागि राखिएको बताइएको छ। शवको पहिचान हुन सकेको छैन। सोमबार साँझ फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। कोल्टी बजारकै व्यक्तिले अवैधरुपमा जन्माएको बच्चा भएकाले मारेर फालेको आशङ्का गरिएको प्रहरीले बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell