PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नि:शुल्क औषधि वितरणका लागि लाखौंको औषधि खरिद



रासस

नि:शुल्क औषधि वितरणका लागि लाखौंको औषधि खरिद

बनियानी (झापा) : जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क औषधि वितरणका लागि ३६ प्रकारका औषधि खरिद गरेको छ।
 
चालु आर्थिक वर्ष २०७३/७४ मा बोलपत्रमार्फत रु ५८ लाख २४ हजार ९ सय ९९ बराबरको औषधि कार्यालयले खरिद गरेको हो। निःशुल्क वितरण गरिने अत्यावश्यक औषधिको अभाव हुन नदिन औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले बताए।
 
औषधि खरिदसँगै झापामा औषधि अभाव नभएको उनको भनाइ छ। खरिद गरिएको औषधि ५८ प्राथमिक स्वास्थ्य चौकी र ३८ वटा स्वास्थ्य चौकीमा पठाइएको कार्यालयका स्टोर किपर रमेश खतिवडाले जानकारी दिए। औषधिको अभाव नभए पनि १७ सहरी र ३ सामुदायिक स्वास्थ्य संस्था थपिएकाले वितरणमा केही समस्या भएको खतिवडाको भनाइ छ।
 
सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निःशुल्क दिने घोषणा गरेको छ।
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell