PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

लाङटाङमा आवास निर्माण भएसँगै पर्यटकलाई बसोबास गर्न सहज



रासस

रसुवा : भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ।
 
लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आएको हो।
 
२०७२ को भूकम्पले लाङटाङ तहसनहस बनाएपछि तत्कालीन समयमा मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्र अहिले सबै गाउँवासी आफ्नो थातथलोमा स्थापित भई दाताको सहयोगमा आवास पुनर्निर्माण भएपछि गुणस्तरीय बास र भोजनको व्यवस्था भई पर्यटकको आगमन सुरु भइसकेको छ।
 
लाङटाङमा २ सय र क्याङजेनमा ३ सय ५० जना पर्यटकले सहजरुपमा एकसाथ बास बस्ने वातावरणको सिर्जना भइसकेको अध्यक्ष लामाले बताए।
 
समुद्री सतहबाट ४ हजार मिटरको उचाइमा रहेको यो पर्यटकीय गन्तव्य हो। यहाँ बास बस्ने मानवको अन्तिम बस्ती क्याङजेन रहेको र बस्तीको आवास निर्माणपछि सो क्षेत्रमा पर्यटकको थप सुविधाका लागि एक सय किलोवाट क्षमताको विद्युत् उत्पादनको प्रक्रिया सुरु भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell