PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सञ्चार ग्राममा ‘पत्रकार स्मारक’ बन्दै



रासस

सञ्चार ग्राममा ‘पत्रकार स्मारक’ बन्दै

काठमाडौँ : प्रेस काउन्सिल नेपालले सञ्चार ग्रामस्थित आफ्नो कार्यालय भवन अगाडि ‘पत्रकार स्मारक’ स्थापना गर्ने भएको छ।
 
कलम चलाएर पत्रकार वर्गले समाज र राष्ट्रलाई पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो स्मारक निर्माण गर्न लागिएको हो। यसले दिवङ्गत पत्रकारप्रति सम्मान र सङ्घर्षशील पत्रकारलाई प्रोत्साहन गर्ने काउन्सिलको भनाइ छ।
 
'सामाजिक रुपान्तरणका लागि पत्रकारले निभाएको भूमिकालाई झल्काउन पत्रकारले प्रयोग गर्ने डायरी, कलम र सहिद पत्रकारको टाउकाको प्रतिकृतिसहित स्मारक बनाइँदै छ', प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले भने।
 
सोही स्थानमा २०६८ सालमा पनि पत्रकार स्मारक थियो। पहिला काठको र त्यसभित्र कागज हालेर कलम, डायरी र सहिद पत्रकारका टाउकाको प्रतिमूर्तिसहितको स्मारक बनाइएको थियो। सो स्मारक पुरानो भएर ढलेपछि पुनः स्टेनलेस स्टिलको स्मारक निर्माण गर्न लागिएको हो।
 
स्मारकको निर्माण यही पुस पहिलो सातादेखि थालिएको हो र फागुनको पहिलो सातासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्मारकको सम्पूर्ण बनोट स्टेनलेस स्टिलको हुनेछ। स्टिलको यस्तो स्मारक (स्तम्भ) नेपालमै पहिलो भएको मूर्तिकार राजु पिठाकोटेको दाबी छ।
 
 
'यो स्मारकले एक पत्रकार मरे हजारौँ पत्रकार जन्मिन्छन् र निरन्तर लेख्न सक्छन् भन्ने पनि हो', काउन्सिलका अधिकृत दीपक खनालले भने। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell