PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



रासस

बनेपा : काभ्रेपलाञ्चोकको मेच्छेपौवा गाविस–३ लुङसालमा आज भएको दुर्घटनामा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

आफ्नो घर बनाउन मङ्गलटारको स्थानीय नदीबाट बालुवा बोकेर मेच्छेपौवा जाँदै गरेको बा ३ ख ४१०० नं को मिनी ट्रक दुर्घटना हुँदा मेच्छेपौवा–३ निवासी सन्तमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

सो दुर्घटनामा तामाङकी श्रीमती ५५ वर्षीया ठूलीमाया तामाङ र चालक सिन्धुली झागाझुलीका–२२ वर्षीय सुनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गाडी सडकबाट झन्डै ३० मिटर तल खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell