PahiloPost

May 24, 2026 | १० जेठ २०८३

व्यक्तिगत लगानीमा धर्मशाला निर्माण



रासस

दाङ : यहाँका एकजना दाताले दाङको तुलसीपुर–१९ शीतलपुुर मन्दिर नजिकै धर्मशाला निर्माण गरेका छन्। रु छ लाखको लागतमा नारायणप्रसाद गौतम र शान्ता गौतमले बनाएको धर्मशाला चार कोठाको छ। 

रातबिरातमा आउने यात्री तथा मन्दिरमा रहने भक्तजनलाई बस्न सुुविधाका लागि धर्मशाला निर्माण गरेको दाता गौतमले बताए। धर्मशालाको बिहीबार नेपाल संस्कृत विश्वविद्यालय वेलझुुन्डिका उपकुुलपति कुुलप्रसाद कोइरालाले उदघाटन गरे। 

बनाएको धर्मशाला स्थानीय सिद्धेश्वर शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुुर गिरीलाई दाता गौतमले हस्तान्तरण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell