PahiloPost

May 24, 2026 | १० जेठ २०८३

​कांग्रेस महामन्त्री कोइराला भन्छन्- ‘दलहरुबीच सहमतिको विकल्प छैन’



रासस

​कांग्रेस महामन्त्री कोइराला भन्छन्- ‘दलहरुबीच सहमतिको विकल्प छैन’

नवलपरासी : नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन्।

सहिद दिवसका अवसरमा नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा. कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन्। 

उनले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार व्यक्त गरे। 

संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्ने उनको भनाई छ।
 
नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा. कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell