PahiloPost

May 24, 2026 | १० जेठ २०८३

​सोलुखोला जलविद्युतको ऋण सम्झौता : साढे तीन अर्व लागत, तीन बर्षमा सक्ने लक्ष्य



रासस

काठमाडौँ : माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। 

आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे। 

कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा रु दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ। आयोजनाको लागत रु तीन अर्ब २६ करोड रहने छ, जसमा रु ९८ करोड प्रवद्र्धको लगानी रहेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिइएको हो। आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गरेका छन्। 

कार्यक्रममा नेपाली काँग्रेसका नेता बलबहादुर केसी, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (माओवादी केन्द)का पोलिटब्युरो सदस्य लक्की शेर्पा, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले शुभकामना व्यक्त गरे।

सोलुखुम्बु जिल्लाको बेनी गाविसमा आयोजनास्थल छ । नदी प्रवाहमा आधारित उक्त आयोजनाबाट वार्षिक १२ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुने छ। आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने गरी प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell