PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

​बेवारिसे अवस्थामा महिलाको शव फेला



रासस

सिन्धुली : सिन्धुलीको जनकन्या गाविस–१ सोलाभञ्ज्याङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ। 

तराई मुलकी जस्तो देखिने अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

वनमा नामथर, बतन समेत नखुलेकी रातो रङ्गको कुर्तासुरुवाल लगाएकी, उचाइ पाँच फिट, तराईवासी जस्तो देखिने महिलाको शव फेला परेकाले अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए। 

घटनाका बारेमा प्रहरीले जानकारी पाउने बित्तिकै प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। प्रहरीले सोमबार साँझ घटनाको बारेमा जानकारी पाएकाले अहिले महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell