PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​अमेरिकी सेनाको कारवाहीमा यमनमा आठ बालवालिकासहित ५७ को मृत्यु



रासस

​अमेरिकी सेनाको कारवाहीमा यमनमा आठ बालवालिकासहित ५७ को मृत्यु

एडेन (यमन) : अमेरिकाद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पको आवागमनपछि यमनमा भएको पहिलो आक्रमणमा मुलुकको मध्य क्षेत्रमा अवस्थित यक्ला जिल्लामो कम्तीमा ४१ जना शंकास्पद अलकायदा लडाकु र १६ जना सर्वसाधारणको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन्। 

यक्लामा भएको उक्त आक्रमणमा निर्दोष आठ बालबालिका, आठ महिलाको समेत मृत्यु भएको आफ्नो ना गोप्य राख्ने सर्तमा स्थानीय एक सरकारी अधिकारीले बताए। 

उक्त क्षेत्रबाट प्राप्त जानकारी अनुसार सैन्य कारबाही वाइदा प्रान्तका अलकायदा आबद्ध तीन कमाण्डर र तीनका घरमा लक्षित गरिएको भएपनि हेलिकोप्टरबाट गरिएको सैन्य कारबाहीका क्रममा स्थानीय विद्यालय, मस्जित र स्वास्थ्य केन्द्रमा रहेका मानिस पनि प्रभावित भएका बताइएको छ। 

स्थानीय स्रोतका अनुसार कारबाही अमेरिकी कमाण्डो बलद्वारा सञ्चालन गरिएको थियो। 

आक्रमणमा उक्त इलाकाका अलकायदाका तीन महत्वपूर्ण कमाण्डारको पनि मृत्यु भएको छ । अधिकारीले घटनामा अबु वारजन भनिने एक विदेशी अलकायदा कमाण्डरको पनि मृत्यु भएको बताइएको छ। 

यसैबीच अमेरिकी सेनाले यमनको कारबाहीमा आफ्नो एक जना सिपाहीको मृत्यु भएको र तीन जना घाइते भएका बताइएको छ। रासस÷एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell