PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु



रासस

उर्लाबारी (मोरङ) : मोरङको सुन्दरदुलारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्व आउँदै गरेको को२त ४३४६ नंको ट्र्याक्टरले एकैदिशामा रहेको को१८प ९३२९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार सुन्दरदुलारी–६ कै ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको हो। 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इप्रका, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। मोटरसाइकल चालक ३५ वर्षीय छविलाल चौधरी भने सामान्य अवस्थामा घर फर्किएका छन्। 
ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell