PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

राष्ट्रपति भण्डारी चढेको सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण आकस्मिक अवतरण



रासस

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ।
 
कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको हेलिकोप्टरको अवतरण भएको हो। राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत छिन्।
 
मौसम अनुकूल भएलगत्तै उनी धनगढी प्रस्थान गर्ने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell