रुपन्देही : पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल नेपाललाई धर्म निरपेक्षबाट हिन्दु राज्य बनाउन सक्रिय भएका छन्। उनले सार्वजनिक कार्यक्रममै हिन्दु राज्य कायम गर्नुपर्ने बताएका हुन्।
पाँचथरमा आयोजित राष्ट्रिय हिन्दु एकता मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले हिन्दु धर्म राष्ट्रको पहिचान भएकाले दावी गर्दै हिन्दु राज्य कायम गर्न सबै लाग्नुपर्ने बताए।
उनले हिन्दु राज्य सबै दलको भएको दावी गर्दै संविधान संशोधन मार्फत निरपेक्ष भन्ने शब्द हटाएर हिन्दु सापेक्ष भन्ने शब्द थप्न सुझाव दिएका थिए।
उनले गरिबी र अशिक्षाका कारण धर्म परिवर्तन गराउन खोज्नेलाई राज्यले कडा दण्ड दिनुपर्ने माग समेत गरे। रासस