PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



रासस

काभ्रे : उग्रचन्डी नाला-१ मा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीका अनुसार आज साँझ मोटरसाइकलमा सवार २२ वर्षीय राजीववादे श्रेष्ठ एक्कासी आएर पोलमा ठोक्किएपछि करिब पाँच मिटर तल खसेका थिए। तत्कालै उनलाई बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो।

दुर्घटनामा घाइते भएका श्रेष्ठलाई अस्पताल लगिएको केही समयमै मृत्यु भएको बनेपा प्रहरी चौकीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell