PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

‘चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो’



रासस

धनुषा : चिकित्सकको लापर्बाहीका कारण यहाँ आज एक सुत्केरीको मृत्यु भएको छ। 

अवैध रुपमा सञ्चालनमा रहेको भनिएका जनकपुरका एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ।     

जनकपुर अञ्चल अस्पतालको अगाडि डा. प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा आज २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो। सर्लाही जिल्ला डुमरिया घर भएको र जनकपुरको पिडारीमा माइती रहेको जिबछीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ। 

अनुगमनका क्रममा पुस २७ गते ४० श्ययाको यो अस्पताल दुई जना नर्सको भरमा अवैध रुपमा सञ्चालन हुँदै आएको भेटिएपछि स्थानीय प्रशासनले त्यसमा ताला लगाएको थियो। जिल्ला अनुगमन समितिको निर्णयबिना नै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले लगाएको ताला खोलिदिएकोे १३ दिनपछि यो घटना हुन गएको हो। 

बजार अनुगमन समिति धनुषाका सदस्य रेणु झाले उक्त निजी अस्पताल सञ्चालनमा आएकाबारे हामीलाई जानकारी नभएको बताइन्। 

अञ्चल अस्पतालबाट सर्वसाधारणलाई फकाएर निजी अस्पतालमा पु¥याउने बिचौलिया र सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell