PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बालबालिकालाई प्रयोग गर्ने मगन्ते समूह सक्रिय, माग्न जानुअघि दिइन्छ तालिम



रासस

पर्सा (पोखरिया) : बालबालिकालाई प्रयोग गरेर भिख मगाउने समूह अहिले वीरगन्ज नगरक्षेत्रमा सक्रिय भएका छन्।
 
हातमा सरकारी अस्पतालको पुर्जी लिई– ८ वर्ष देखि १४ वर्षसम्मका बालबालिका बाटोमा भिख माग्दै हिड्ने गरेको यहाँ आउने जो कोहिले सजिलै हेर्न सकिन्छ।
 
भारतको नरकटियागन्ज, मोतीहारी, बेतिया र समस्तीपुर लगायतका बालबालिका ल्याएर वीरगन्ज नगरमा भिख मगाउने समूह सक्रिय भएका छन्।
 
भारतीय सीमावर्ती सहर रक्सौलस्थित रेल्वे स्टेसन नजिकै घरमा डेरा गरी बसेका मगन्ते 'समूह'का सदस्यले नक्कली अस्पतालको पुर्जी र नक्कली डाक्टरको हस्ताक्षर गरी आफन्तको उपचार गराउनुपर्ने भन्दै स–साना बालबालिकासँग भिख मगाउने गरेका छन्।
 
भिख माग्दै गरेका भारत बिहार घर भएकी अन्दाजी ११ वर्षीय हिना (नाम परिर्वतन) ले भिख मागेर आफूले दैनिक रु चार सयदेखि पाँच सयसम्म उठाउनुपर्ने बाध्यता रहेको बताइन्।
 
यो पेसामा आउनुभन्दा अगाडि आफूलाई केही हप्ता तालिम दिएको बताउँदै उनले भनिन्, 'यो पेशामा म जस्तै अन्य केटाकेटी पनि संलग्न छन्। अहिले म वीरगन्जमा भिख माग्दै हिँडेकी छु, भोलि कता पठाउँछन् मलाई थाहा हुँदैन।'
 
यसरी वीरगन्ज नगरक्षेत्रमा स–साना बालबालिकालाई प्रयोग गरेर मगन्तेको समूह सक्रिय पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell