PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

ओलीले खुलाए प्रधानमन्त्री पदबाट राजीनामा दिनुको कारण



रासस

काठमाडौँ :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध रहेको बताएका छन्। 

एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को यहाँ आज लोकार्पण गर्दै उनले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए। 

अध्यक्ष ओलीले भने – “मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, म जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ ।” 

ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलगअलग रुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले कम्युनिष्ट उग्र नभई शिष्ट, संयमित र समर्पित हुनुपर्छ, त्यसैले आफू सही कम्युनिष्ट नेता भएको दाबी गरे। 

अर्काे प्रसङ्गमा अध्यक्ष ओलीले पृथ्वीनारायण शाहलाई सम्मान गर्ने क्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्दै जन्मसिद्ध श्रेष्ठताका आधारमा बनेको र विगतमा खराब इतिहास भएको राजतन्त्र चाहिन्छ भन्नु पाखण्ड भएको बताए।  

नेता नेपालको ६४ औँ वर्ष दिनका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष ओलीले ‘सूर्य अङ्कित केक’ काटेर नेपाललाई खुवाए । रासस (श्रव्य सामग्री उपलब्ध छ) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell