PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

अबको केही घण्टामा राष्ट्रपति ओबामाले अन्तिम विदाइ सम्बोधन गर्ने



रासस

अबको केही घण्टामा राष्ट्रपति ओबामाले अन्तिम विदाइ सम्बोधन गर्ने

वासिङ्टन : अमेरिकी राष्ट्रपतिले आफ्नो पदिय हैसियतमा गर्ने नियमित कामलाई मङ्गलबारदेखि बन्द गर्दैछन्। । 

आठ वर्ष पहिले राष्ट्रपतिमा नियुक्त भएपछि आफू हुर्केको सिकागो शहरमा पुगेर राष्ट्रपतिको पदीय जिम्मेवारी सम्हाल्ने घोषणा गरे जस्तै शैलीमा आफ्नो कार्यकालबाट विदा लिन लागेको कुरालाई आफ्ना समर्थकमाझ सार्वजनिकरुपमा घोषणा गर्दैछन्। 

राष्ट्रपति ओबामा विशेष विमानमार्फत सिकागोमा गई डोनाल्ड ट्रम्पको ‘अनपेक्षित’ विजयबाट निराश बनेका अफ्रिकी मूलका अमेरिकीसहित सम्पूर्ण समर्थक एवम् प्रशंसकलाई सम्बोधन गर्दै उनीहरुको मनोवल उच्च पार्ने प्रयास गर्नेछन्। नेपाली समय अनुसार सम्बोधन बुधबार बिहान पौने आठ बजे हुनेछ। 

राष्ट्रपति ओवामालाई सिकागो शहरमा जाने यात्रालाई उनकी जीवन सङ्गिनी मिसेल ओवामा, उपराष्ट्रपति जो विडेन र विडेनकी पत्नी जील विडेन लगायतले साथ दिनेछन्। रासस/एएफपी 


यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ विदाइ सम्बोधन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell