PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​कञ्चनपुरमा हात्ती आतंक, व्यवस्थापन माग गर्दै स्थानीय आन्दोलित



रासस

भीमदत्तनगर : कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जंगली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन्। 

सयौँको संख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे । सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जंगली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि पहल गर्न स्थानीय निकायसँग माग गरेका छन्। 

सो क्षेत्रमा लगाएको सयौँ बिगाहाको उखु, गहुँखेती भारतीय नेसनल पार्कबाट आउने जंगली हात्तीको बथानले सखाप पारेपछि पीडितले क्षतिपूर्ति र हात्तीको दिगो व्यवस्थापनका लागि पहल गरिदिन माग गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिए। 

हालसम्म हात्ती पीडित किसान र हात्तीको आक्रमणबाट ज्यान गुमाएकालाई गरी रु १२ लाख ७० हजार क्षतिपूर्ति दिइसकेको उनले जानकारी दिए।
वन कार्यालयले ६८ जना पीडित किसानलाई क्षतिपूर्ति दिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस समेत पठाएको छ । 

‘अझै १३० भन्दा बढी निवेदन परेका छन् ।’ वन अधिकृत शर्माले भने ‘पीडितको पहिचान हुने काम भइरहेको छ ।’

वनको नियम अनुसार पीडितलाई रु तीन हजारदेखि बढीको रु १० हजारसम्म क्षतिपूर्ति स्वरुप रकम प्रदान गरिएको वन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell