PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

जलवायु परिवर्तनको असर : १२ वर्षमा ४ प्रतिशतभन्दा बढी पखालाका रोगी बढे



रासस

काठमाडौँ : नेपालमा जलवायुमा आएको परिवर्तनले पछिल्लो १२ वर्षमा पखालाका बिरामी बढेको अनुसन्धानले देखाएको छ।
 
सन् २००२ देखि २०१४ सम्म जलवायु परिवर्तन र पखालाको प्रवृत्ति तुलना गरेर हेर्दा ४.३९ प्रतिशतले यो रोग बढेको देखाएको हो। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले ६ महिना लगाएर ७५ जिल्लामा गरेको अनुसन्धानमा दूषित पानीका कारणले पनि यसलाई बढाइरहेको देखिएको छ।
 
परिषद्का सदस्य सचिव डा. खेम कार्कीले खासगरी पश्चिम नेपालका जिल्ला जहाँ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको र ती क्षेत्रमा अझ बढी यो रोग देखिएको बताए।
 
यस्तै, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बढाएको तापक्रमले पनि यो रोग ती क्षेत्रमा पनि देखिएको बढी देखिएको छ। ‘सरकारले ७३ प्रतिशतलाई पानीको पहुँचमा पुर्‍याएको भनिरहे पनि त्यसको गुणस्तर कायम गर्न नसक्दा यो रोग नियन्त्रण हुनुको साटो बढिरहेको छ,’ डा. कार्कीले भने।
 
त्यसैगरी, हतारमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा ती क्षेत्रमा पनि अझै खुला स्थानमा दिसा गर्ने र सो दिसा पानीमा मिसिँदा त्यसको असरले पखालाका बिरामी बढ्दै गएका छन्। मुहानकै पानीमा दिसामा भेटिने किरा कोलिफर्म भेटिएकाले पानीको शुद्धताको काम गर्नुपर्ने अनुसन्धानबाट देखिएको छ। परिषद्का अनुसार काठमाडौँका ८३ प्रतिशतले यस्तो दिसा मिसिएको पानी खाने गरेका छन्।
 
केही समयअघि मात्र पनि ललितपुर जिल्लामा यस्तै दूषित पानी खाँदा पखालाबाट केही व्यक्तिको मृत्यु पनि भएको थियो। त्यहाँका जनताले खानेपानीको मुहानको पानी जाँच गर्दा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मुहानकै पानीमा दिसा मिसिएको पुष्टि गरेको थियो।
 
डा. कार्कीले पानी उमालेर मात्र प्रयोग गर्न र दिसालाई निश्चित स्थानमा विसर्जन गर्ने परम्परा बसाल्नुपर्ने सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell