PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन्: विश्वविद्यालयका सम्पत्ति भाडामा नदिनु



रासस

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन्: विश्वविद्यालयका सम्पत्ति भाडामा नदिनु

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय र शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न दिने काम रोक्न निर्देशन दिएकी छिन्।

त्रिविका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहकुलपति एवम् शिक्षामन्त्री धनीराम पौडेल, त्रिविका उपकुलपति तथा पदाधिकारीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा उनले शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न दिनेजस्ता काम रोक्न ध्यानाकर्षण गराएकी हुन्।

उनले भौतिक सम्पत्तिको उपयुक्त संरक्षण र उपयोग गर्ने योजना बनाउन बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए।

नयाँ विश्वविद्यालय खोल्दा पुराना विश्वविद्यालयको सम्पत्ति बाँडचुँड गर्ने परिपाटीको अन्त्य गर्दै नयाँ विश्वविद्यालयलाई भौतिक पूर्वाधारका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने राष्ट्रपतिले बताएकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell