PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

माओवादीविरुद्ध गिरोह लाग्यो : प्रचण्ड



रासस

माओवादीविरुद्ध गिरोह लाग्यो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र भइरहेको दावी गरेका छन्।

माओवादी केन्द्रको प्रदेश नं ३ द्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा लिपिबद्ध गरेर जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको बताए।

जनताका अधिकारलाई संस्थागत हुन नदिन केहि दलले फैलाएको भ्रमलाई चिर्न जनतामा जान उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।

“अहिले विभिन्न गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ,” उनले भने– “जनयुद्धको राप र तापका कारण बाध्यतावश सङ्घीयता, गणतन्त्र, समावेशीताजस्ता मुद्दा स्विकारेका आज त्यसकै विरुद्द लागेका छन्। हिजो उनीहरुले हृदयदेखि नै परिवर्तन स्वीकारेका थिएनन् ।

दाहालले अहिले माओवादी आन्दोलन केही कमजोर भएको देखेर परिवर्तनका सबै उपलब्धिलाई उल्टाउन खोजिएको बताए।

जनतामा भ्रम छरेर आफू मात्रै ठीक, आफूले गरेको मात्रै राम्रो भन्ने मानसिकताका साथ केही मान्छे लागेको उनले बताए।

बैशाखमा स्थानीय चुनाव

आगामी वैशाखको पहिलो हप्ताभित्रै स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेकाले पार्टीलाई विजयी गराउन भरमग्दुर प्रयास गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell